काठमाडौँ २ फाल्गुन ।
निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आइतबार छलफल गर्ने भएको छ । बिहान ११ बजे आचारसंहिताको मस्यौदाबारे छलफल गर्न दलका प्रतिनिधिहरुलाई बोलाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ भने आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि दलहरुलाई छलफलमा बोलाइए हो । दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ। सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ।