Birat Post आइतबार, फाल्गुण ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ फाल्गुन ।
मोरङ र सप्तरीबीच तीन दिने (त्रिदिवसीय) , एक दिने (एकदिवसीय) र टि–ट्वेन्टी गरी ७ वटा खेलको ‘मनिष–दीपेन्द्र’ क्रिकेट श्रृंखला हुने भएको छ। शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एउटा तीन दिने, तीन वटा एक दिने र तीन वटा टि–ट्वेन्टी खेलको श्रृंखला हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नवीन घिमिरेले जानकारी दिए।

पत्रकार सम्मेलनका क्रममा मुलुकमै पहिलोपटक यसप्रकारको श्रृंखला सुरु गर्न लागेको बताएका अध्यक्ष घिमिरेले पहिलो भ्रमणका क्रममा मोरङको टोली सप्तरी जाने बताए। अध्यक्ष घिमिरेका अनुसार आउँदो चैत्रको पहिलो सातामा मोरङको टोली सप्तरीमा पाहुना टोलीका रुपमा खेल्न पुग्नेछ। १६ देखि १८ दिनसम्मको सो भ्रमणका क्रममा आयोजक सप्तरीले नै सम्पूर्ण खर्च ब्यहोर्ने बताएका घिमिरेले श्रृंखला अन्तर्गत सप्तरीलाई अर्को वर्ष मोरङमा खेल्नका आमन्त्रण गरिनेछ। मोरङमा आगामी वर्ष बैजनाथपुरस्थित क्रिकेट मैदानमा खेल हुने उनले जानकारी दिए।

ट्रफीको नाम विराटनगरका पूर्वक्रिकेटर डा.मनिषराज पाण्डे र सप्तरीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीको नामबाट राखिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए। फागुन अन्तसम्म सप्तरीको राजविराजमा सप्तरी प्रिमियर लिग हुने भएको हुँदा सो प्रतियोगिता सकिएपछि श्रृंखला हुने उनले बताए।

पत्रकार सम्मेलनका क्रममा दुवै जिल्लाका अध्यक्षले यसप्रकारको पूर्ण क्रिकेट श्रृंखला नेपालमा पहिलो पटक हुन लागेको दाबी गरेका थिए। कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले केन्द्रदेखि जिल्लासम्म आएको नेतृत्व क्रिकेट खेलबाट आएको हुँदा क्रिकेटको विकास हुनेमा बताए।
उनले नयाँ नेतृत्वले विगतको जस्तो तरिकाबाट नभई नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताए। क्रिकेटको उर्वरभूमि प्रदेश १ मा क्रिकेटलाई विद्यालयस्तरबाट अघि बढाउन सक्दा खेलको विकास हुने बताएका मेयर पराजुलीले यसका लागि तीन तहको सरकारले आवश्यक बजेट छुट्याउनु पर्नेमा जोड दिए।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल