विराटनगर २ फाल्गुन ।
नेपालसहित विश्वभर आज भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस एकअर्कामा प्रेम साटासाट गरि मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी–प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ । युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनका लागि पनि लिने गर्छन् । आजका दिन प्रेमको प्रतिकका रुपमा रहेको रातो गुलाबको फूल आफ्ना प्रियजनलाई दिने चलन छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ ।