काठमाडौँ ३० माघ ।
पूर्व भिआइपीले राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्न नयाँ कार्यविधि बनाएपछि पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरु गरिएको छ। पूर्व विशिष्टको सुरक्षाका लागि गृह मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि बनाए संगै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो।
स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्व राष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ। सुरक्षाकर्मी फिर्ता ल्याउने अभियान सुरु भए संगै पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागरप्रसाद तिम्सिनाले तोकिएको नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने हुँदा सुरक्षाकर्मीको सङ्ख्याको लागि पुनर्विचार गरिदिन भन्दै बिहीबार गृह मन्त्रालयमा पत्र पठाएका छन् ।