एजेन्सी ३० माघ ।
भारतको सर्वोच्च अदालतले सामाजिक सञ्जालमाथि नियमन गर्न आदेश दिएको छ। ट्वीटरविरुद्ध परेको एक सार्वजनिक सरोकारको विवादमा फैसला गर्दै सर्वोच्च अदालतले घृणा फैलाउने सामाग्री रोक्न केन्द्र सरकार र ट्वीटरलाई आदेश दिएको हो। सर्वोच्चले ट्वीटर लगायतका सामाजिक सञ्जालबाट प्रचार हुने फेक न्यूजका माध्यमबाट घृणा फैलाउने सामग्रीको जाँच गर्न भनेको भारतीय सञ्चार माध्यमले जनाएको छ। भारतमा सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै त्यसले समाजमा भ्रम र घृणा जगाउने सामाग्री बढी प्रसारित हुन थालेपछि सर्वोच्चले निर्देशनात्मक आदेश दिएकोे हो।