Birat Post मंगलबार, माघ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ माघ ।
उदयपुर र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६बाट त्रियुगा नगरपालिका–१ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा नगरपालिका–१४ का २६ बर्षीय कुमार मगर, त्रियुगा नगरपालिका–१३ का २५ बर्षीय सागर चौधरी र सुनसरीका २५ बर्षीय अभिसेक जैसवाललाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट डाइजेपाम–१९ एम्पुल, फेनारागन–१९ एम्पुल, लुपिजेसिक–१९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।

यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका–१२ बाट स्थानीय १५ बर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । बालकको साथबाट प्रहरीले फेनारगन–२ एम्पुल, नोरफिन–२ एम्पुल र डाईजेल्याप–२ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै उदयपुरकै कटारी नगरपालिका–८ बाट ठुलो परिणामको गाँजा सहित तिन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा १२१ केजी गाँजा बरामद गरेको हो । यससंगै गाडीमा सवार रहेका ताप्ली गाउँपालिका–३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यस्तै भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई धरान उप–महानगरपालिका–१३ डेरा गरी बस्ने ३४ बर्षीय गुमान राई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ परेका छन् । राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई उक्त परीमाणको गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल