काठमाडौँ २६ माघ ।
सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ३ सय ३३ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
यस्तै १९४ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । यस संगै उपचार पछि डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ भने हालसम्म २०४५ जनाले ज्यान गुमाएका छन् ।
हाल १ हजार ७ सय ४४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।