न्यूयोर्क, अमेरिका ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले लिगल गुड र सामुदायिक विकासको लागी अन्तरद्रोही परिषद सॅंग सहकार्य गर्दै कोरोना परिक्षण गरेको छ । न्युयोर्क शहरको क्वीन्स स्थीत मोनार्क क्लीनिककी डाक्टर अलिसीया अलमेन्ड्रलले निशुल्क कोभिड-१९ को पीसीआर टेस्टका लागि सहयोग गरेकी थिइन् । फाउण्डेशनको पहलमा ४७ जना नेपाली समुदायका व्यक्तीहरुको कोरोना परिक्षण गरिएको मोनार्क क्लीनिक म्यानेजिङ् पार्टनर जोन बाल्टजरले जानकारी दिए । फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले “स्वाब एण्ड सेभ लाईभ्स” को अभियानमा उल्लेख्य मानिसको सहभागिता रहेको र यसवाट थप सामाजिक काम गर्ने बताएका छन् ।