Birat Post सोमबार, माघ २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ माघ २६ ।

विराटनगर ५ स्थित न्यूरो अस्पताल नजिकै रहेको एक घरबाट नेपालमा प्रतिबन्धित १० लाख भन्दा बढिको औषधीहरु प्रहरीले बरामद गरेको छ । अनुसन्धानका आधारमा विराटनगरका राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र उनको भाई बिक्रम मण्डलको कोठामा खोजतलासी गर्दा प्रहरीले उक्त परिणामको औषधी बरामद गरेको हो ।

खोजतलासी गर्ने क्रममा उनिहरुको कोठाबाट आइएनजे एमिडन,आइएनजे पारासिटामोल र आइएनजे डेसरिम लगायत विभिन्न ७९ ब्राण्डका दवाइहरु रहेका छन् । नेपालमा रोक लगाइएका १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको औषधीहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसका साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर र ज्ए कम्पनीको कलर प्रिन्टर समेत फेला पारेको छ । बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल