काठमान्डौ २४ माघ ।
म्यानमारको ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी),कि अध्यक्ष आङ सान सूकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ। गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सूकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो। उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नेतृ सूकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ ।