मोरङ्ग १५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना कांग्रेसको एकमात्र एजेन्डा भएको बताएकी छन् । कांग्रेसको नेतृत्वमा संविधान आएको र यसको संरक्षण पनि कांग्रेसलेनै गर्ने बताइन् । यसका लागि कांग्रेसले जुनसुकै मूल्य चुकाउन तयार छ । विहिबार मोरङ्गको बी.पी. सेवा केन्द्रमा आयोजित कार्यकर्ता भेलालाई संबोधन गर्दै कोइरालाले अब कांग्रेसको नेतृत्वमा निर्णायक आन्दोलन गर्नु पर्ने समय आएको बताइन् । केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय जनताका पक्षमा आउने बिस्वास व्यक्त गरिन् । अवको समयनै कांग्रेसको भएको भन्दै कोइरालाले संगठन विस्तार र जनताको घरदैलोमा जान अगुवा नेतृत्व र कार्यकताहरूलाइ आग्रह गरिन् ।