लोकेश पाख्रेल बुधबार, माघ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ माघ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उमेद्वारी कायमै रहेको बताएकी छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरु संग कुरागर्दै कोइरालाले यस्तो बताएकी हुन् । उनले उमेद्वारी दिने अधिकार प्रयोग गर्ने बताइन् । सभापतिको उमेद्वारीले कोइरालाहरुको एकतामा असर पर्दैन भन्ने पत्रकारहरुको जिज्ञासामा नेतृ कोइरालाले यसवाट कोइराला परिवारबीचको एकतामा असर नपर्ने दाबी गरिन् ।

वर्तमान सरकार पूर्णरूपमा असफल भएको भन्दै कोइरालाले यसको विरुद्ध आवाज उठाउन जरुरी भएको बताइन् । केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय संगै कांग्रेसले थप कदम चाल्नुपर्ने बताइन् । निर्वाचन भए निर्वाचनमा होमिने नभए कांग्रेसले त्यहीँ समयको सदुपयोग गर्दै अधिवेशन गर्नुपर्ने नेतृ कोइरालाले बताइन् । उनले गुटगत राजनितिले देश बिग्रिएको र आफु त्यस विषमा नलाग्ने बताइन् । उने ढिला नगरिकन पार्टीको संगठनलाई बलियो बनाउने काममा कांग्रेसका नेतृत्वहरु अग्रसर हुनुपर्ने बताइन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल