काठमाडौँ १४ माघ ।
बुधबार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ४ हजार ३ सय ८२ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
यस्तै २४६ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । यस संगै उपचार पछि डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ भने हालसम्म २०२० जनाले ज्यान गुमाएका छन् ।
हाल ३ हजार २ सय ८६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।