विराटनगर १४ माघ ।
कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ प्रदेश १ मा लगाउन सुरु गरिएको छ । कोशी कोभिड अस्पताल विराटनगरमा आयोजित एक कार्यक्रमका वीच डाक्टरहरुले खोप लगाएका छन् । प्रदेश १ मा ३५ हजारलाई खोप दिइने तयारी थालिएको छ । फ्रन्टलाइनरमा खट्नेहरुका लागि खोप प्रदान गर्न २३ वटा खोप केन्द्र तोकिएको छ ।
मोरङमा चारवटा चोकिएको छ । कोशी अस्पताल विराटनगरका मेसु डा.चुमनलाल दासले सरकारले समयमै खोप ल्याएकोमा धन्यवाद ज्ञापन गरेका छन् । प्रदेश १ का आन्तरिक मामला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा खोप अभियान कार्यक्रम शुभारम्भ भएको थियो ।