Birat Post शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ माघ ।
उद्योग संगठन मोरङले जिल्ला प्रशासन कार्यालय मोरङबाट सरुवा भई जान लागेका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको बिदाइ गरेको छ ।

बिदाइका क्रममा उद्योग संगठनका अध्यक्ष भिम घिमिरेले विषम परिस्थतीमा कुशल प्रशासकको परिचय दिदै औद्योगिक क्षेत्रको संचालनमा समन्वयकारी भूमिका निर्वाह गरी सहयोग पु¥याएकोमा धन्यवाद दिदै उज्जवल भविष्यको कामना गरेका छन् । अध्यक्ष घिमिरेले सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा केशरीले उद्योग/व्यापार क्षेत्रको समस्या समाधानमा सकारात्मक रही पु¥याएको सहयोग सदैव स्मरणीय रहने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी केशरीले मोरङमा रहँदा आफुले उद्योगी/व्यवसायीको समस्या नजिकबाट नियाल्न पाएको भन्दै राज्यको प्रतिनिधिका रुपमा रहेका प्रशासकले उद्योगी/व्यवसायीको पिडालाई बुझ्नु पर्ने बताए । संगठनका उपाध्यक्ष प्रदिप मुरारकाले समेत सहायक प्रमुख जिल्ला अधिकारीले दक्ष प्रशासकको रुपमा सबैपक्ष बीच समन्वयकारी भूमिका निर्वाह गरी सहयोग पु¥याएकोमा कृतज्ञता व्यक्त गर्दै उज्जवल भविष्यको कामना गरे ।

उपाध्यक्ष राकेश सुरानाले अन्यन्त सहयोगी र मिलनसार साथै सेवाग्राहीको कामलाई उच्च प्राथमिकता दिने कुशल प्रशासकको रुपमा केशरीले आफनो पहिचान उद्योगी/व्यवसायी माझ बनाएको उल्लेख गरेका छन् । कोषाध्यक्ष नन्द किशोर राठी र कार्यसमिति सदस्य विपिन कावराले विषम परिस्थितीमा उद्योगी/व्यवसाय संचालनमा केशरीले पु¥याएको सहयोग अन्य प्रशासनका लागी समेत प्रेरणाको श्रोत भएको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल