काठमान्डौ ९ माघ ।
प्रदेश सरकारमा सहभागी हुन कांग्रेसका सभापति शेरबहहादुर देउवाले कांग्रेसका नेताहरुसँग छलफल जारी राखेका छन् । उनले प्रदेश १ र बागमती प्रदेशमा सहभागी बन्ने विषयमा छलफल गरेका हुन् ।
शुक्रबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । सरकारमा सहभागी हुन ओलीले ल्याएको प्रस्ताव र यसमा के गर्ने भन्ने विषय छलफल केन्द्रित रहेको थियो । कांग्रेसका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावहरुमा अहिले सहमति गर्न नहुने बताएका छन् । यो समयमा कांग्रेस सरकारमा जानै नहुनेमा केन्द्रीय सदस्यहरु देखिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा दुई धारमा विभाजित भएको छ जसले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ। यो संगै कांग्रेसका केही प्रदेश सांसदहरु सरकारमा जानुपर्ने बताइरहेका छन् । सिमित स्वास्र्थका कारण सरकारमा जादा जनमत खस्कने अनुमान कांग्रेस सुमेच्छुकहरुले गरेका छन् ।