विराटनगर ८ माघ ।
विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला ईन्चार्ज धन बहादुर वि.क लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउपालिकाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट पेस्तोल र गोली समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको बताइएको छ । गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भए पछि खोजिको सूचिमा रहेका वि.क प्रक्राउ परेका हुन् ।