विराटनगर ६ माघ ।
प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलि बुधवार देखि सुरु हुँदै छ । अधिवेशन शुरु हुदै गर्दा प्रमुख विपक्षी दल नेपाली कांग्रेस आन्तरिक गृहकार्यमा जुटे पनि निष्कर्षमा पुग्न सकेको छैन ।
अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले दर्ता गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । जसका लागि कांगेसले के गर्ने र अधिबेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुधवार बसेको कांग्रेस संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि कांग्रेसको समर्थन चाहिन्छ ।
मंगलवार बसेको बैठक निष्कर्षमा नपुगेपछी बुधबार विहान पुनः बैठक वसी आवश्यक निर्णय सहित प्रस्तुत हुने संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए । पार्टीका केन्द्रीय नेताहरुको स्पष्ट निर्देशन पर्खेर बसेका कारण निर्णयार्थ विलम्ब भएको बताइएको छ ।