Birat Post सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ५ माघ ।
प्रदेश १ मा विपद्का विविध घटनाबाट मानिस प्रताडित बनेका छन् । कति मानिस स्वयं आफ्ना कारण छन् भने कतिपय दैविक विपत्तिका कारण । यस्ता घटनाबाट बच्नु बचाउनु नै सबै भन्दा राम्रो उपाय रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक कार्यक्रमको आयोजना गरेको छ ।

विराटनगरमा सोमवार भएको वन डढेलो तथा आगलागीको जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले मानिसले बिशेष सतर्कता अपनाउनु पर्नेमा जोड दिएका छन् । आगलागी, हावाहुरी, भारी बर्षा, चट्याङ, भूकम्प जस्ता विपद्ले मानिसहरुको ज्यान मात्र नभएर भौत्तिक सम्पति पनि नष्ट गर्ने भएकोले यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको कार्यक्रममा जानकारी दिइयो ।

विश्वमा नेपाल जलवायुको हिसाबले चौथौ, भूकम्पको हिसाबले ११औँ र बाढी पहिरोको हिसाबले ३० औँ जोखिमको देशमा रहेकाले प्रदेश नं १ पनि यसबाट अछुतो रहन नसकेको कार्यक्रम संयोजक जनार्दन गौतमले बताए । उनले १० वर्षको अवधिमा प्रदेश नं १ मा भूकम्प भन्दा पनि आगलागीको तीन हजार ८७७ वटा घटनामा ११८ जनाले ज्यान गुमाएको, ३१३ जना वेपत्ता भएको, चट्याङबाट २८७ जनाको मृत्यु, पहिरोबाट १४५ जनाको मृत्यु, ३४ बेपत्ता, ९४ जना घाइते, बाढीबाट १४२ जनाको मृत्यु, ८४ जना वेपत्ता २५ जना घाइते, भारी बर्षाबाट दुई जनाको मृत्यु, हावाहुरीबाट ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले सोही अवधिमा सुनसरीमा ६४० वटा आगलागीको घटनामा २३ जनाको मृत्यु भएकोले मानिसहरुले यस्ता विपद्बाट हुने हानी नोक्सानीबाट जोगिन सजग एवं सतर्क रहनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश भरिका डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला स्थितका नेपाली सेनाका, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले प्राधिकरणको नीति तथा कार्यक्रम अन्तर्गत कार्यादेश, रणनीतिक सोच, व्यवस्थापकीय संरचना र भावी कार्यदिशाका बारेमा वन तथा भूसंरक्षण मन्त्रालयका उपसचिव सुन्दर शर्माले आगलागी प्रतिकार्य र व्यवस्थापन अन्तर्गत अवधारण, वर्तमान व्यवस्थापकीय स्वरुप, अग्नी समन, उद्धार तथा राहत, प्राविधिक पक्ष, चुनौती र समस्या एवं भविष्यका लागि कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमको समुद्घाटन गर्दै प्राकृतिक हिसाबले धेरै जोखिम रहेको हाम्रो मुलुकमा आमनागरिकको जिउधन रक्षा गर्न प्राधिकरणले आवश्यक रणनीति लिनु पर्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल