Birat Post सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ माघ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध एउटै मुद्दा बनाएर आन्दोलनमा उत्रिन केन्द्रीय समितिलाई नेपाली कांग्रेस मोरङले सुझाव पठाएको छ । मोरङ कांग्रेसको नियमित बैठकले संसद पुनःस्थापनाको एकसूत्रीय माग राखेर देशव्यापी रुपमा आन्दोलन गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालयमा सोमबार सभापति डिकबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले ढुलमुले चरित्र हटाएर संसद विघटनको एक मात्रै माग राखेर आन्दोलन गर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ । नेकपा नेतृत्व सरकारले देशलाई जर्जर बनाएको निष्कर्षसमेत बैठकले निकालेको छ । “कांग्रेसले अब के गर्छ भनेर सारा जनताले हेरिरहेका छन्,” सभापति लिम्बूले बैठकपछि भने, “संसद पुनःस्थापनाको एउटै मुद्दा बोकेर कांग्रेस जनतामाझ जानुपर्छ भनेर हामीले केन्द्रलाई सुझाव पठाउने निर्णय गरेका छौं ।”

बिहीबार मोरङका १ सय ५९ वटा वडामा प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको छ । केन्द्रको कार्यक्रमअनुसार सबै वडामा महासमिति, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यलगायतका नेताको उपस्थितिमा भव्य रुपमा विरोधसभा गर्नका लागि तयारीलाई तीव्र पार्ने निर्णय भएको सचिव मोदराज घिमिरेले जानकारी दिए । बैठकले सात दिनभित्र क्रियाशील सदस्यको नवीकरणसहितको विवरण जिल्लामा पठाउन पार्टीको स्थानीय तह र वडा समितिलाई निर्देशन दिएको घिमिरेले बताए । बैठकमा उपसभापति शिवनारायण गन्गाईं, भक्तिनाथ माझी, सचिव नागेश कोइराला, कोषाध्यक्ष गोपाल बस्नेतलगायतले प्रतिनिधिसभाविरुद्धको आन्दोलनमा खरो रुपमा उत्रिन नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल