Birat Post सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ माघ ।

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भए संगै विराटनगर महानगरले थप तयारी थालेको छ । संक्रमणको अवस्थावारे सचेत रहन स्वास्थ्य बिज्ञहरुले आग्रह गरिरहदा महानगर परिक्षणको तयारी सहित थप व्यवस्थापनमा जुटेको छ ।

कोभिड संक्रमण भएको आशंका लागेमा महानगरका वडा स्थित स्वास्थ्य कार्यालय वा जनप्रतिनिधिहरु संग सोझै सम्पर्क गर्न सकिने छ । कोभिड परिक्षणको नयाँ प्रबिधि एन्टिजेन टेष्टको शुरुवात महानगगरले गरेको छ । सोमवार विराटनगर महानगरका मेयर भीम पराजुलीले यो कार्यक्रमको शुभारम्भ गरेका छन् । पहिलो टेष्ट मेयर पराजुलीमै गरिएको छ । पराजुलीको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना सक्रमण भए नभएको रिजल्ट द्रुत गतिमा हेर्न सकिने भएकाले धेरै मानिसहरुले पहिले जस्तो झन्झट बेहोर्नु पर्ने छैन । २० मिनट भित्रै यसको रिजल्ट थाहाँ पाइने भएकोले धेरै मानिसलाई सेवा दिन सकिने विराटनगर महानगरका स्वास्थ्य निरिक्षक दिलिप यादवले जानकारी दिए ।

विराटनगर महानगरले शुभारम्भ चरणमा ९ जनामा गरेको टेष्टमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । यो टेष्टमा ल्याव टेक्निसियन अधिकृत मानिकचन भगत,ल्याव टेक्निसियन निता लुइटेल खटिएका छन् । उनिहरु यसभन्दा अगाडी महानगरले सञ्चालन गरेको कोभिड परिक्षणमा अहोरात्र खटिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल