सप्तरी ५ माघ ।
प्रदेश नम्बर २ सरकारले मधेस आन्दोलन स्मृति दिवस मनाउन आज सार्वजनिक बिदा दिएको छ । प्रदेश २ सरकारले मधेस आन्दोलन स्मृति दिवस मनाउदै आएको छ । सहिदहरुको सम्मानमा यो तेस्रो कार्यक्रम हो ।
पहिलो स्मृति सिराहाको लहानमा, दोस्रो स्मृति दिवस पर्साको वीरगञ्जमा मनाइएको थियो भने यस पटक जनकपुरधाममा मनाइने भएको छ । २०६३ साल माघ ५ गतेबाट मधेस आन्दोलनले गतिलिएको थियो ।