विराटनगर १ माघ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–नेपाल समुहलाई लक्षित गर्दै लामखुट्टे र साङ्लाकाे सज्ञा दिएका छन् । साङ्ला र लामखुट्टेलाई बेगन स्प्रे गर्दा कोठाबाट अतालिदै निस्किन्छन् । बस्नेतले भने “डराएर निस्कने समुहवाट डराउन पर्दैन ।,,
पार्टीभित्र समस्या सिर्जना गर्नेहरु विस्तारै बाहिर निस्कने र समस्या हल हुने बताए । अध्यक्ष ओलीको कदमले पार्टीको सिद्धान्त,बाम विचारलाई जीवन्त राख्न मद्वत गर्ने बताए । यस्तै बस्नेतले केन्द्र र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन् । प्रदेश सरकारको अधिकार भने कटौती गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । बिहिबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले प्रदेश सरकारका अधिकार कटौती गरेर स्थानीय र केन्द्रीय सरकारलाइ थप मजबुत बनाउनु पर्ने बताए ।
स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रदेशसभा सदस्यको अधिकार दिनुपर्नेमा जोड दिए । बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमनत्रीको व्यवस्थामा जानुपर्ने बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाँदा दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था संविधानमै गर्नुपर्ने बताए ।
के.पी.ओली नै आधिकारीक नेकपा भएको भन्दै टुटेर फुटेर जानेको अस्तित्व आफै समाप्त भएर जाने दाबी गरे । यस्तै उनले साइबर सेना बनाउने अभियानमा लागेको बताउँदै सुचना प्रविधिलाई सही मार्गमा ल्याउने बताए ।