featured photo: Birat Post
– लक्ष्मी स्मृति
१.
जून उदाउँदैमा शीत हुदैन लेखेर दिन्छु
गुनगुन गाउँदैमा गीत हुदैन लेखेर दिन्छु
युगल जोडी सँगै देख्दा शंका गर्नैपर्छ र?
सँगैसँगै हिँड्दैमा प्रीत हुदैन लेखेर दिन्छु ।
२.
चिसै चुल्हाे रूंग्ने हाे कि खाने मेस बदलेला
उस्तै रहन्छ कि पाउमा लाग्या ठेश बदलेला
के गर्छाैं,कहां पुर्याउंछाैं कानले मात्र सुन्ने हो कि
संधै यस्तै रहला कि देश,परिवेश बदलेला ।
३.
फेरी पनि उर्लदैछ सडक जामका कुरा
देशैभरी क्षति पार्ने रणसङ्ग्रामका कुरा
जसो गर्यो जे गर्यो जनतै सास्ती भोग्ने
बगलिमा छुरा राखी मुखमा रामका कुरा।
– बिराटनगर-५
सम्बन्धित