Birat Post शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

बिराटनगर, २४ पुस ।

ईलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ईलामको माङसेबुङ गाउँपालिका-२ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सह-चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

पाँचथरको रविबाट दमक तर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्रकका सह-चालक मिक्लाजुङ गाँउपालिका-४ पाँचथरका ३५ बर्षीय किरण राईलाई उपचारको लागी दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका-११ दुधेको भित्र सडक खण्डमा ट्रकले साईकलमा यात्रा गरिरहेका स्थानीय १३ बर्षीय बालक भिम बहादुर राईलाई ठक्कर दिंदा बालकको मृत्यु भएको छ । बिहिवार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका बालकको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल