काठमाडौं २४ पुस ।
अब एउटा बैंकको एटिएम कार्ड प्रयोग गरीअर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। महिनामा दुई वटा अन्तरबैंक एटिएम कारोबारको शुल्क नलाग्ने भए पनि सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको छ। नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्।