काठमान्डौं २३,पुस ।
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवनमा पसेर हङ्गामा गरेका छन्। प्रदर्शनकारीको प्रवेशपछि संसद्को कारबाही बन्द भएको र सुरक्षाकर्मीले सांसदहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिनुपरेको थियो।
संसद् प्रवेश गर्नुअघि ट्रम्पका समर्थकहरूले गरेको सभालाई सम्बोधन गर्दै ट्रम्पले हार नस्वीकार्ने बताएका थिए। अमेरिकी निर्वाचित राष्ट्रपति बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भिडलाई “पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन” आग्रह गरेका छन्।