बिराटनगर, २२पुस ।
बुधबार दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
हालसम्मकै उच्च रेकर्ड तोड्दै नेप्से सूचक १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको यस दिन नेप्सेमा २०५ वटा कम्पनीमा १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयर किनबेच भएर ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने २ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।