बिराटनगर, पौष २२ गते ।
सुनको मुल्य लागातार बृद्धि हुने क्रम जारि रहेको छ। बुधवार सुन तोलाको ४०० रुपैयाँले बुद्धि भएको हो।
आज छापावाला सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भई प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस साताको सोमबारदेखि सुनको मूल्य बढोत्तरी भएको हो । त्यस यता सुन तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो ।