– लक्ष्मी स्मृति
१.
लागे पनि ज्यादै खोटो,हेरेरै बसेको छु।
भए पनि मिलन छोटो,हेरेरै बसेको छु।
तिमीले त मनको मान्छे चुनेर गै सक्यौ,
यता म भने तिम्रो फोटो हेरेरै बसेको छु ।
२.
के के गर्दैछौ यहाँ पल पल समयले बताउँछ।
कति सम्म छौ तिमी अटल समयले बताउँछ।
के के न गरेँ भनेर गमक्क नपर्नु अहिल्यैदेखि,
सफल हुन्छौ या असफल समयले बताउँछ।
३.
जति टाढा भयो उति नजिक सरौँ लाग्ने।
निकट हुँदा खेरी पनि के के गरौँ लाग्ने।
कस्ले जोड्छन प्रेमरुपी नाता गज्जवको,
एकको मात्र प्राण गए अर्को मरौँ लाग्ने।
बिराटनगर- ५