विराटनगर १७ पुस ।
काग्रेस कमजोर बन्नुमा घरझगडा मुख्य कारक भएको बताउदै मोरङका नेताहरुले कांगेसमा साझा नेतृत्व गर्नेहरुको खाँचो रहेको औल्याएका छन् । ४५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस मोरङद्धारा विहिवार आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले गुटगत कांग्रेसको अन्त्य कसरी गर्न सकिन्छ भनेर प्रश्न गरेका थिए ।
देशले काग्रेस खोजिरहेको भन्दै अराजकतावादी तत्वहरुलाई परास्त गर्न काग्रेसले महाअभियान शुरु गर्न आबश्यक रहेको बताए । कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य,डा.डिला संग्रौला, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु,उपसभापति शिवनारायण सिंह गनगाई,सचिव नागेश कोइराला, मोदराज घिमिरे,युवा नेता बसन्त भट्टराइ लगायतले विपिको मेलमिलाप निति र कांग्रेसीजनलाई साझा बनाएर अगाडी बढ्न सक्ने नेतृत्वनै आजको आबश्यकता रहेको बताए ।