विराटनगर १२ पुष ।
जोगबनी बोर्डर संग पहुच पुग्नेगरी विराटनगरमा नयाँ सडक बन्ने भएको छ । झण्डै ३० करोड लागतमा बन्ने सडकको आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शिलान्यास गरेका छन् ।
विराटनगरको हाइवे पश्चिमका वडा नं. ५,६,११ र १२ नम्बर हुदै सडक जोगबनी बोर्डरमा जोडिने छ । यसको कुल लम्वाइ साढे ९ किलोमिटरको रहने छ भने दुइलेनको बाटो ब्यवस्थितरुपमा बन्ने बताइएको छ ।बहु वर्षे कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय माेरङ्गकाे सहयोगमा उक्त बाटो वन्न लागेकाे हाे ।
वैकल्पिक मार्गका रुपमा यो बाटो बने संगै स्थानीय उखु किसान र स्थानीयहरु लाभान्वित हुने बताइएको छ । विराटनगरको हाइवे पश्चिममा सडक निर्माणका कार्यक्रमहरु नआएको र लामो समय देखी दुःख भोग्दै आएकाहरु खुसी भएका छन् ।
कार्यक्रममा बोल्दै कोइरालाले बैकल्पिक मार्गकारुपमा बन्न लागेको सडक चाडै सम्पन्न हुनेमा आशावादी रहेको बताए । विकासका लागि लोकतन्त्र आवश्यक रहेको भन्दै कोइरालाले देश विकासमा सवैको भुमिका आवश्यक पर्ने बताए ।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की र विराटनगर महानगरका मेयर भीम पराजुली लगायतले बाटो समयमै सम्पन्न गर्ने कुरामा जोड दिएका थिए ।