Birat Post शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सुनसरी १० पुष ।
भारतबाट चोरी पैठारी गरी ल्याएको करिब ५ लाख रुपैया भन्दा बढिको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका–५ कलङकी एरियाबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो ।

मिनी ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रक भित्र लुकाइ छिपाइ राखिएको अवस्थामा ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

साथै बरामद गरिएको सुर्तीजन्य पदार्थका धनि कोशी गाउँपालिका–५ का ३६ बर्षीय कैसर आलमलाई नियन्त्रणमा लिइएको छ भने ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ बर्षीय सैयद आलम र ओसारपसारमा संलग्न कोशी गाउँपालिका–५ का ३३ बर्षीय महबुव आलम र ३४ वर्षीय सम्पतलाल कामत समेतलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

बरामद गरिएको सुर्तीजन्य पदार्थको बजार मुल्य ५ लाख १६ हजार रुपैया कायम गरी ट्रक र पक्राउ परेका मानिस समेतलाइ आवश्यक कारबाहीको लागी लागी श्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल