विराटनगर ९ पुष ।
मोरङको विराटनगर महानगरपालिका–१४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर अगाडी रहेको कदमको रुखको हांगा झार्ने क्रममा हांगाले विद्युतको तारमा छुन गई करेन्ट लाग्दा रुखबाट झरेर महत्तो घाईते भएका थिए । प्रहरीका अनुसार घाईते महत्तोलाई कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।