विराटनगर ६ पुष ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३०.३३ अंक बढेर १९६५.९६ विन्दुमा पुगेको छ ।
बजारमा सस्तो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ताहरु बढेपछि बजारले सकारात्मक दिशा लिदै ६ अर्बभन्दा बढिको कारोबार भएको छ । अचानक भएको राजनैतिक घटनाक्रमले लगानीकर्ताहरुको आत्मविश्वास गुमेको कारण लगानीकर्ताहरु त्रसित भएर शेयर बिक्री गर्न थाले । तर बजारलाई राम्रोसँग बुझेका लगानीकर्ताहरुले भने सस्तो मूल्यमा शेयर खरिद गरे ।
यस दिन २०२ कम्पनीको कारोबारमा ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।