विराटनगर २९ मंसिर ।
लगातार ३ दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला १ सय रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।
यसदिन चाँदीको मूल्य भने स्थिर नै रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।