Birat Post आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ मंसिर ।
विराटनगर महानगरपालिका –६ सरौचियाबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको १ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित एक जना पक्राउ  परेका  छन् । पक्राउ पर्नेमा  सोहि स्थानका २४ वर्षीय  आशिफ खान रहेका छन् ।

प्रहरीका अनुसार खानको घरबाट २ सय ४० थान स्वीटर, ८४ थान सुरुवा र १५ थान कुर्ता समेत संग्रह गरेर राखिएको अवस्थामा बरामद भएको छ । पक्राउ परेका खानलाई कारवाहीका लागि लत्ताकपडासहित भन्सार कार्यालय रानीमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीले पछिल्लो समय अवैध रुपमा भन्सार छलीको क्रमलाइ नियन्त्रण गर्ने कार्य तीव्र बनाएको छ,तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा विशेष निगरानी बढाएर कडाई थालेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल