लोकेश पोख्रेल शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ मंसिर ।
मानिसहरुले धर्म प्राप्तिका लागि दान गर्ने, व्रत वस्ने, यज्ञ यज्ञादी गर्ने गर्छन् । तर धर्म कर्ममै बिस्वास गर्ने समुदायका प्रशान्त नेवटिया,किशोर नेवटिया र प्रदिप कुमार नेवटियाले यसको ठिक विपरित काम गरेका छन् । उनिहरुले हनुमानको मूर्ति फालेका छन् भने पिपलको बोट काट्ने कुचेष्टा समेत गरेका छन् ।
घटना हो विराटनगर महानगर स्थित वडा नं १५ र १६ को सीमा क्षेत्रमा रहेको जग्गाको । विवादास्पद मानिएको झण्डै १ धुर ३ कनुवा जग्गाका विषयमा स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्थानीयले घटनाको भत्र्सना गरेका छन् ।

विवादास्पद जग्गामा रहेको पिपलको बोटमा हनुमानको मूर्ति राखेर स्थानियले वर्षौदेखि पुजाआजा गर्दै आएका थिए । उक्त स्थानमा नेवटिया परिवारले कब्जा गरेको गुनासो स्थानियले गरेका छन् । उक्त स्थानमा रहेको हनुमानको मूर्ति फालेको आरोप स्थानीयको छ भने त्यही रहेको पिपलको बोट काट्न लागेको भन्दै स्थानियले विरोध गरेका छन् । सो जग्गा सार्वजनिक सम्पति भएको र भोगचलन गर्न नदिने स्थानिय विकास थापाले बताए ।

नेवटिया परिवारले भने जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् । स्थानीयले धार्मिक आस्थामाथी खेलवाड गरेको भन्दै नेवटिया परिवारलाई कारवाही गर्न माग गरेका छन् । उच्च अदालतले दिएको आदेश समेत नमानी नेवटियाले टिनको घेराबारा गरेको भन्दै स्थानीयहरु थप आक्रोशित बनेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल