विराटनगर २५ मंसिर ।
विराटनगर महानगरपालिकाले विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीको यस विषम परिस्थितिमा भएको रगत अभावलाई मध्यनजर गर्दै महानगरले यस कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले यो पुण्यको काम भएको बताए । यो कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने पनि उनले बताए । कोरोना संक्रमण पुष्टि भएर निको भएका व्यक्तिले १५ देखि ३५ दिन भित्र रक्तदान गरेमा उक्त रगतको प्लाज्मा अन्य कोभिडका संक्रमितलाइ दिन सकिन्छ । त्यसो नगरेमा प्लाज्मा काम नलाग्ने बताइएको छ ।
कोभिड लागेका बिरामीका लागि ८ पिन्ट र अन्यका लागि २८ पिन्ट गरी जम्मा ३६ पिन्ट रगत संकलन गरिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । रक्तदान गर्ने सबैजनालाई प्रमाण पत्र सहित सम्मान पनि गरिएको थियो ।
फोटो फिचर: