मंसिर २४ ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १ सय दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने बताएका छन् । आउँदो जनवरी २० बाट सत्ता सम्मालेबाट कोभिड नियन्त्रण सहित स्वास्थ्य सेवाको नेतृत्व लिने बाइडेनले बताए । उनले १ सय दिन सम्म मास्क लगाइदिन अमेरिकी नागरिकसँग आग्रह गरेका छन् ।
फाइजररबायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारीमा पुगेको छ ।
महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा एक करोड ५० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने दुई लाख ८५ हजार भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।