विराटनगर २३ मंसिर ।
मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । यसदिन सुनको मूल्य १ हजार ५ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १ सय र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि ३० रुपैँयाले बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।