लोकेश पोख्रेल बुधबार, मंसिर १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ मंसिर ।
विराटनगर महानगर स्थित वडा नम्बर १८ मा विराटराजाको दरबार क्षेत्र छ । यही स्थानमा रहेको भग्नावशेषलाई संरक्षण गर्ने कामको शुरुवात समेत भएको छ । विराट राजाको दरबार भएको क्षेत्रलाई भेडियारी भनिन्छ । प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ । धार्मिक ग्रन्थहरुमा समेत यो क्षेत्रबारे वर्णन छ । पाण्डवहरु वनबासपछि एकवर्ष गुप्तवासका लागि विराट राजाको दरबारमा आइ बसेका थिए । उसबेलाको तीस चालिस कोठाको दरबार र मन्दिर जमनमुनि रहेको विश्वास गरिन्छ । यसको सम्पूर्ण रुपमा उत्खनन् भने भएको छैन ।

विराटनगर महानगरपालिकाले विस्तृत विकास परियोजनाअन्तर्गत थ्रीडी भिजुअलसमेत निर्माण गरिसकेको छ । यस्तै पुरातात्विक विभागसंग सहकार्य गरेर यसको विकासमा जुटिरहेको छ । जसका लागि हालै पुरातात्विक विभागका पदाधिकारीहरुले समेत स्थलगत अनुगमन गरिसकेका छन् । महानगरका मेयर भीम पराजुलीले यसको संरक्षण सहित विकास गर्ने मुख्य योजनाकारुपमा अगाडी बढाएका छन् । पुरातात्विक महत्वका वस्तुलाई आधुनिकतासँग जोडेर त्यस क्षेत्रको विकास गर्ने योजनामा मेयर पराजुली रहेका छन् । पराजुलीले दरबार क्षेत्रको थ्रीडी भिजुअलसहितको परियोजना महानगरले तयार गरेको जानकारी दिएका छन् । उनका अनुसार बुधनगरमा अवस्थित भेडियारीमा निर्माण गरिने विराट राजाको दरबार ऐतिहासिकता र आधुनिकताको संगम हुनेछ ।

यसमा उत्खननबाट फेला परेका विराट राजासँग सम्बन्धित वस्तुको संग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानको लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण हुनेछ । महानगरले यसको थ्रीडीस्वरुप तयार गरी थप अध्ययन गरिरहेको छ ।

यसका केही पाठहरु

पृष्ठभूमि :  महाभारतकालीन राजा विराटको नामबाट विराटनगरको नामाकरण भएको हो । बिराट राजाको राजधानीको भग्नावशेष विराटनगर महानगरको वडा नं १८ भेडियारी गाउँमा फेला परेको थियो । कौरवहरूले लुटेका विराट राजाका गाई पाण्डवहरूले फिर्ता ल्याएको किम्वदन्ती अनुसार पहिला यो ठाउँलाई गोग्राहा भनिन्थ्यो । पाण्डवहरूले विराट राजाकै दरबारमा गुप्तबासको एक वर्ष बिताएको विश्वास गरिन्छ ।

परिचय

विराट दरवार मोरङ जिल्ला विराटनगर महानगरपालिकामा पर्दछ । भेडियारीमा वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पंचमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो । तसर्थ उक्त ढिस्कालाई ईशापूर्व कालको अवशेष मानिएको छ । विराट राजाको दरबार क्षेत्रको मन्दिरको उत्खनन् गरिएको भग्नावशेष क्षेत्र आसपासमा आधा दर्जनभन्दा बढी पोखरीहरू पनि छन्, जसलाई स्थानीय वासीहरूले उक्त समयमा विभिन्न प्रयोजनका लागि बनाईएको बताउँदै आएका छन् । त्यहाँका पोखरीहरूलाई धरवा, किचकबध, भंसिया, थरथोवा, गुहिया, दिघरी र बहरवा पोखरी नाम दिएका छन् । स्थानीय मानिसहरूले महाभारतका कथा कण्ठस्थ पारेका छन् र त्यहाँ जाने जो कोहीलाई पनि उनीहरू त्यहाँका प्रत्येक स्थानलाई यहाँ फलानोले यसो गरेका थिए भनी बताउने गर्दछन ।

हाल उक्त क्षेत्रलाई विभिन्न निकायको सहकार्य र सहयोगमा संरक्षण गर्नका लागि घेरावारा लगाएर राखिएको छ । झट्ट हेर्दा अहिले उक्त क्षेत्रमा माटाको ढिस्को र केहि रुखहरु देखिएपनि वि.सं. २०२७ सालमा पुरातत्व विभागले उत्खनन गर्दा ढिस्को मुनी ईसापूर्व २ सय वर्ष पुरानो विराट राजाको दरवार र अण्डाकारको मन्दिर फेला पारेको र यसको पुष्टि समेत भएको थियो । तत्कालिन समयमा उत्खनन गर्दा प्रचीन धातुहरु, माटाका प्राचीन मुद्राहरु, प्राचीन भाँडाकुँडाहरु तथा प्राचीन हात हतियारहरु समेत फेला पारिएको थियो । उक्त क्षेत्रमा फेला परेका प्राचीन बहुमुल्य शिक्काहरु, प्राचीन भाँडाकुडाहरु, महाभारत कालका विभिन्न बस्तु तथा सामग्रीहरु आफ्नै निवासमा संकलन गरेर संग्राहालयका रुपमा राखिएका छन् ।

इतिहास

विराट राजाको दरवार भेडियारीमा वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पंचमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो । तसर्थ उक्त ढिस्कालाई इशापूर्व कालको अवशेष मानिएको छ । विराट राजाको दरबार क्षेत्रको मन्दिरको उत्खनन् गरिएको भग्नावशेष क्षेत्र प्राचीन कालको महाभारत इतिहासमा उल्लेख बिराट राजाको दरवार भएको मानिन्छ ।

विराटनगरबाट करीब १० किलोमिटर दक्षिण सिमावर्ती साविक बुधनगर गाविसस्थित भेडियारीमा पर्ने महाभारत कालिन विराटराजाको दरबारले प्राचीन इतिहास बोकेको छ । त्यस्तै महाभारतकालमा सो क्षेत्रमा विराट राजाको राज्य रहेकाले विराट राजाका तबेला तथा गोठको गोबर राख्ने ठाउँ हालको विराटनगर रहेकाले यसको नाम गोग्राह हुँदै पछी विराटनगर भएको विभिन्न शोधकर्ता तथा इतिहासकारले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल