सुनसरी ४ मंसीर ।
सुनसरीको बराहक्षेत्रबाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–५ का २८ वर्षीय राम कुमार यादव र सोही स्थानका २३ वर्षीय श्रमण कुमार चौधरी रहेका छन् ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार दुवै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारवाही अगाडी बढाईएको छ ।