उदयपुर २७ कार्तिक ।
ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धा फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ का ४६ बर्षीय नारायण बहादुर राउत रहेका छन् ।
२०६६ सालमा जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैद फैसला भई हाल सम्म फरार रहेका उनलाई लुकिछीपी बसिरहेको अवस्थामा घरबाटै पक्राउ गरिएको हो ।
पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।