विराटनगर २६ कार्तिक ।
राजा तथा राष्ट्रवादी शक्तिहरुले बिहिवार विराटगरमा जनप्रदर्शन गर्ने भएका छन् । नेपाल बिद्धत परिषद ,शिव सेना,वीर गोर्खाली, लगायतका दर्जन बढी संस्थाहरुले भोली राजसंस्था स्थापना र हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै आन्दोलन गर्ने भएका हुन् ।
मुलुकमा गणतन्त्रका नाममा ब्रम्हलुट तथा धार्मिक सापेक्षतामाथि हमला भएपछि राजसंस्था पुर्नस्थापना र हिन्दु राष्ट्रको माग गरिएको बताइएको छ । राजतन्त्र र हिन्दुत्वको पक्षमा रहेका युवाहरूको उक्त ¥याली व्यवस्था परिवर्तनको माग सहित गर्न लागिएको बिद्धत परिषद मोरङका अध्यक्ष पुष्पराज दाहालले जानकारी दिए ।
जनतामा अधिकतम निराशा छाएको भन्दै यसअघि पश्चिम नेपालको बुटवल,काठमान्डौं ,बिरगन्जमा राजावादीले विशाल मोटरसाइकल ¥याली निकालेका थिए। विराटनगरको कन्चनवारी चोकमा भेला भइ गरिने कार्यक्रममा हजारौ मानिसको सहभागिता हुने बताइएको छ ।
विषम परिस्थितिको फाइदा लिदै नेपालमा लुट मचाउन थालिएको साथै देश राष्ट्र जोड्ने मानिसको अभाव भएकाले आन्दोलनमा आउनु परेको बिद्धत परिषद केन्द्रीय उपाध्यक्ष बल्लभ प्रसाद दाहालले बताए ।