विराटनगर २६ कार्तिक ।
मंगलबार एकैदिन ३ हजार ४०० रुपैँयाले घटेको सुनको मूल्य बुधबार सामान्य वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला एक सय रुपैँयाले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ । चाँदीको मूल्य समेत पाँच रुपैँयाले बढेर प्रतितोला १ हजार २२० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।