काठमाडौं २३ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै २ हजार ८१२ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप २१ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ३११ जनाको नमुना परीक्षण गर्दा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ, संक्रमितमध्ये १ लाख ५७ हजार ९२६ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ११०८ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।