जोगवनी ,भारत २२ कार्तिक /
बिहारमा २४३ विधानसभाका लागि चुनाव भइरहेको छ । नीतिश कुमार चौथो पटक मुख्यमन्त्री बन्ने होडमा छन् । उनलाई लालु यादवका कान्छो छोरा तेजस्वी यादवले चुनौति दिएका छन् । यसपटक दुवै उमेद्वारवीच कडा प्रतिश्पर्धा हुने बताइएको छ । बिहारका १६ जिल्लामा ७८ सिटका लागि आज मतदान सम्पन्न भएको छ ।
तेस्रो चरणको चुनावमा उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक समता पार्टी, असुद्दीन ओवेसीको एआईएमआईएम, मायावतीको बिएसपी र पूर्व सांसद पप्पू यादवको जनअधिकार पार्टी पनि प्रतिस्पर्धामा छन्। सन् २०१५ को चुनावमा यी ७८ सिटमध्ये ५४ सिटमा जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र कांग्रेस गठबन्धनले प्राप्त गरेको थियो । यस्तै एनडिएमा रहेका भाजपा, एलजेपी, आरएलएसपी र जीतन राम माझीको हिन्दुस्तान आवाम पार्टीले २४ सिट जितेका थिए ।
यसमध्ये सबैभन्दा धेरै १९ सिट भाजपाले पाएको थियो । यो पटक महागठबन्धनमा जेडियू छैन र एलजेपी एनडिएको साथमा छैन । नितिश कुमारले आफ्नो कार्यकालमा विकासको खाका कोरे पनि केही निर्णयहरुका कारण उनलाई धक्का लाग्ने अनुमान गरिएको छ । शराब अर्थात रक्सि बन्द गराएका नितिशको भाग्य यसपटक शरावीहरुले निर्धारण गर्ने छन् समेत भनिएको छ । शराव अर्थात रक्सिकै कारण देखाएर त्यहाँका होटल व्यवसायीहरु नितिशकुमार संग क्रुद्ध समेत बनेका छन् । जसका कारण उनको भोट घट्ने बताइएको छ ।