काठमाडौं २१ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ४ हजार ५०० कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १८ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १० हजार १५३ जनाको नमुना परीक्षण गर्दा ४५०० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ, संक्रमितमध्ये १ लाख ५२ हजार ९०८ जना उपचार पछि डिस्चार्ज भएका छन् भने १०७० जनाको मृत्यु भइसकेको छ ।