विराटनगर १९ कार्तिक ।
पूर्व क्षेत्रमा सम्भवत पहिलो पटक एक बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । इटहरी ६ की ९ वर्षीया बालिकाको उपचारकै क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो। बालिकामा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यससंगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका १ की ६१ वर्षीय महिलाको उपचारका क्रममा बुधबार बिहान ३ बजेर १५ मिनेटमा मृत्यु भएको हो । स्वासप्रश्वास सम्बन्धी समस्या र उच्च रक्तचापबाट पीडित महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। यससँगै उनलाई कार्तिक ५ गते थप उपचारका लागि प्रतिष्ठानकै कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। हाल सम्म प्रतिष्ठानमा उपचारका क्रममा ८७ जना संक्रमितको मृत्यु भइसकेको छ।